संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र

वरिष्ठ नेता, रामचन्द्र पौडेल

६ जेठ, काठमाडौं । आजपख सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया सुरु गर्नु भनेर आवहन गरेपछि त्यस बारेमा बोल्दै, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पौडेलले धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न २४ घण्टा पनि समय नदिनु षड्यन्त्र भएको बताए ।

सामान्यतया नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन हो । तर एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केही हुन
सक्दैन् ।