६ जेठ, काठमाडौं । आज बेलुका एक विज्ञाप्ति निकाल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ७ गते बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् ।
आज सांझ बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा राष्टपतिले बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी हुन् ।