Breaking News

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने, जेठ ९ गते संसदको वर्षे अधिवेशन आह्वान गर्ने निर्णय

६ जेठ, काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले ब्रिफिङ गर्ने क्रममा अब आफू संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने भएका छन् ।
प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा संविधानमा प्रावधान भएपनि अब प्रधानमन्त्री ओलीले त्यसो नगर्ने भएका छन् ।

उनका अनुसार बैठकले संसदको वर्षे अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय समेत गरेको छ । बैठकका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको ती मन्त्रीको भनाइ छ ।

वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए । तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमा भित्र काँग्रेस–माओवादीले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।