पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको मृत्यु

५ जेठ, काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ ।

उनको हिजो बेलुका घरमै निधन भएको र आज दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने नाती पुजन बरालले जानकारी गराए ।

बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए ।