नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको मन्त्रालय द्धारा पुष्टि

४ जेठ, काठमाण्डौ । पछिल्लो चरणमा नेपाल कोरोना भाइरसका संक्रमण बढ्न थालेपछि यस बारेमा चेकजांच गरेर नमूना संकलन गर्दा आज नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो ।

भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको आज मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ । यो दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो ।

 मन्त्रालयको विज्ञप्ति यस्तो छ :