कोरोना भाइरस लाग्नबाट बच्न यि ५ वटा चिज खानुहोस् र स्वस्थ रहनुहोस्

पछिल्लो चरणमा नेपालमा कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ । कोरोना लागेर त्यसको उपचारका लागि अहिले दिनहुंजसो अस्पतालमा आईस्यूको बेड, आईसोलेसन बेड र अक्सिजन नपाएर झटपटाएका र आफन्तहरु रोइकराई गरेका दृश्यहरु दिनप्रतिदिन देखिनै रहको छ । त्यसमा घरभित्र बसेकाहरुले कोरोनाबाट कसरी बच्न भनेर आफ्नो स्वास्थ्य, सरसफाई र स्वास्थ्यमा बिशेष ध्यान दिएको पाइन्छ । यसबाट बच्न हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता समेत बढी हुनुपर्छ । हामीले आफ्नो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बृद्दि गर्नुपर्छ । हामीले खानेकुरामा एन्टीअक्सिडेन्ट र भिटामिन सी रिच फुड प्रयोग गर्नुपर्छ । इम्युनिटी पावर बढाउन मानिसहरु अहिले बिभिन्न खानेकुराको प्रयोग गरिरहेका छन् ।

अहिले कोरोना नियन्त्रण भैहाल्ने छाँटकाँट देखिदैन भने यस्तो अबस्थामा बच्नको लागि पनि यी खाधान्न अत्यावश्यक छ । अहिले त कोरोनाको बिभिन्न भेरियन्ट देखिएका छन् भने जुन तिब्र गतिमा फैलिरहेको छ । यसबाट बच्नको लागि मानिसहरुलाई स्वास्थ्य मापदण्ड पुरा गरेर मात्र हिड्न भनिएको छ । अब तपाई आफ्नो इम्युनिटी पावर अर्थात् रोग प्रतिरोधी शक्ति बढाउन चाहानुहुन्छ भने आफ्नो खानेकुरामा यी ५ चिज समाबेस गर्नुहोस् ।

१.सागसब्जी

आफ्नो खानेकुरामा एन्टी अक्सिडेन्ट रिच फुडको भरपुर समाबेश गर्नुहोस् । आफ्नो दैनिक भान्सामा प्याज, लसुन, अदुवाको प्रयोग गर्नुहोस्। आफ्नो खानेकुरामा हरियो सागसब्जी दैनिक समाबेश गर्नुहोस् । यसले इम्युनिटी पावर बढाउछ । खानेकुरामा यो भन्दा बाहेक भिटामिन बि,सी र ई रिच फुड पनि खानामा जरुर सामेल गर्नुहोस् । यी खानेकुराले हाम्रो शरीरलाई खराव भाइरससँग लड्न शरीरको ब्याक्टेरियालाई मद्दत गर्दछ।

२. स्‍टार एनिस

स्‍टार एनिस ( चक्रफूल ) पनि हाम्रो इम्युनिटी बढाउन एकदम सहयोगी मानिन्छ । यो एक प्रकारको मसला हो जुन तरकारीमा बाहेक चियामा हालेर समेत खान सकिन्छ । यस चक्रफूललाई पानीमा राम्ररी उमालेर ग्रीन टी मा समेत राखेर खान सकिन्छ ।

३. फर्मेटेड फूड

यदि तपाई फर्मेटेड फूडको प्रयोग गर्नुहुन्छ भने पनि तपाइको आँतको हेल्दी राख्दछ। हाम्रो आँतमा राम्रो ब्याक्टेरियाको बलियो बनाउन फर्मेटेड फुड अधिक काम आउछ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि धेरै सहयोग गर्दछ। यसको लागि कांजी, दही, डोसा आदि फर्मेंटेड फूड खान सक्नुहुन्छ ।

४.प्रीबायोटिक फूड

आँतको हेल्दी राख्न प्रिबायोटिक फुड एकदम राम्रो हुन्छ। यो फुडले आँतमा राम्रो ब्याक्टेरिया बढाउछ। जसले डाइजेशन एकदम राम्रो हुन्छ । डाइजेशन एकदम राम्रो भएमा तपाइले खाएको हेल्दी चिजले शरीरलाई फाइदा पुर्याउन मद्दत गर्दछ। प्रिबायोटिक आहार सेवन गरेमा इम्युन सिस्टम एकदम मजबुद हुन्छ भने कयौ बिरामी बनाउन सक्ने किटाणु प्रवेश गर्न सक्दैन।

५. भिटामिन सी  रिच फूड

इम्युनिटी बढाउनमा भिटामिन सी रिच फुडको सेवन बहुत जरुरी छ । कागती र सुन्तला आदिको सेवन दैनिक गर्नुहोस्। यो भन्दा बाहेक दैनिक खानेकुरामा भिटामिन सी युक्त तत्व भएको खानेकुरा समाबेस गर्नुहोस् ।  यसले इम्युनिटी बढाउदछ भने सजिलैसँग बिरामी हुनबाट बचाऊछ ।

fruit.webp

कसरी राख्ने ख्याल ?

१. आसपासमा सरसफाइमा ध्यान दिनुहोस् ।

२. अनिवार्य मास्कको प्रयोग गर्ने ।

३. बारम्बार २० सेकेण्डभन्दा बढि साबुन पानीले हात धुने ।

४. बिना काम घर बाहिर ननिस्कने ।

५. दैनिक प्रयोगमा आउने साझा सामाग्रीको प्रयोग बन्द गर्ने ।

६. भान्सा, टेबल वा कुनै पनि सतह छोएपछि सतह र हात दुबै स्यानिटाइज गर्ने ।

७. कपडा, ओच्छ्यान तथा अन्य सामाग्रीको पहिलेभन्दा बढि सरसफाई गर्ने ।

८. टेलिभिजन, कम्प्युटर, एसि लगायका रिमोटलाई सबैले नछुने ।

९. अनिवार्य सामाजिक दुरीको नियम पालना गर्ने ।

१०. तातो र रोगप्रतिरोधात्मक वस्तुको सेवन गर्ने ।

यो सामान्य जानकारी मात्र हो । डाक्टरको सल्लाह अनुसार काम गर्नुहोस् !