४ जेठ, काठमाण्डौ । नेकपा एमाले विवाद समाधान गर्न गठित कार्यदलको पहिलो बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तय गरी लागु गर्ने निर्णय गरेको छ ।
बैठकपछि एमाले माधव पक्षीय कार्यदलका संयोजक नेता भीम रावलका अनुसार कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तय गरेर लागु गर्दै पार्टीभित्रको विवाद समाधान गर्न पहल गर्ने निर्णय गरेको जानकारी दिए ।
‘पार्टीमा देखिएका समस्याहरुलाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकतावद्ध गर्दै अघि बढाउन कार्यदलले सबैसँग सहयोग र सद्भावको लागि आग्रह गरको छ । साथै बैठकले पार्टी एकता र समझदारीलाई बृद्धि गर्न तथा आपसमा अविस्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट पार्टीपंक्तिलाई आव्हान गर्ने निर्णय गरेको छ ।
अर्को बैठक भोलि बुधबार पुन बस्ने छ ।