वीरगञ्जमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

२ जेठ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका ८ बजेदेखि आज बिहान ८ बजेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६ जनाको मृत्यु भएकोे छ ।

नारायणी अस्पतालमा १० जना, वीरगञ्ज हेल्थकेयर हस्पिटलमा २ जना, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटल, नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पताल र होम आइसोलेसनमा १÷१ जनाको मृत्यु भएको हो । मृतक मध्ये पर्साका ६, बाराका ७, रौतहट र सर्लाहीका १÷१ जना र एकजना भारतीय नागरिक पनि छन् ।नारायणी अस्पतालमा मात्रै १० जनाको मृत्यु भएको हो ।

सर्लाहीको बरहथवा नगरपालिका –५ की ४७ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो । उनको उपचारको क्रममा आज बिहान साढे ५ बजे मृत्यु भएको हो ।