भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ हजार ७७ जनाको मृत्यु

२ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ७७ कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा ३ लाख ११ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ४६ लाख ८४ हजार नाघेको छ भने अहिलेसम्म कोरोनाको कारण २ लाख ७० हजार २८४ जनाको मृत्यु भएको हो ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ लाख १८ हजारभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ६२ हजारभन्दा बढी संक्रमित संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा भारतको कर्नाटकमा सबैभन्दा बढी ४१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । महाराष्ट्रमा ३४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । तामिलनाडुमा नयाँ संक्रमितको संख्या ३३ हजारभन्दा बढी छ भने केरलामा ३२ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।