प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द किन उच्चारण गर्न चाहेनन्

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो दलको हैसियतमा तेस्रो कार्यकालको सपथ लिरहंदा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सपथ सपथ लिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गर्न नचाहेर राष्ट्रपतिले पुनः दोहोर्याउदा पनि त्यो प्रदैन भन्दै गर्दा राष्ट्रपतिले हांसेर प्रतिक्रिया दिएकी थिइन ।

सपथ पत्रमा ‘म.. मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु…’ भन्नुपर्नेमा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द नै उच्चारण गरेनन् । राष्ट्रपति भण्डारीले दोहो¥याएर ‘प्रतिज्ञा गर्छु’ भनेर ओलीलाई ती शब्द उच्चारण गर्न संकेत गरेपछि ओलीले उल्टै राष्ट्रपतिलाई नै सिकाउँदै भने, ‘त्यो
पर्दैन ।
प्रधानमन्त्रीको त्यो शब्द सुनेर राष्ट्रपति हल्का मुस्कुराइन् । सरकार प्रमुखले खाने सपथ ग्रहणको भाषामा नै देखिएको यस्तो असहमतिको दृश्य अस्वाभाविक जस्तो प्रतीत हुन्थ्यो ।