ओलीले लिए ४३औ प्रधानमन्त्रीको शपथ

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराएकी हुन् ।

संविधानको धारा ७६ (३) अनुसार हिजो राति ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्दैछन् ।