बहुमतको सरकारका लागि राष्ट्रपति कार्यालयले तोकेको समयभित्र कसैको दावी परेन, प्रधानमन्त्रीमा पुनः ओली नै सफथ भोलि दिउंसो

३० वैशाख, काठमाडौं । बहुमतको सरकारका लागि राष्ट्रपति कार्यालयले तोकिएको समय सीमामा कसैले दावी पेश नगरेको राष्ट्रपति कार्यालयल बताएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको बिहीबार राति ९ बजेसम्म कसैको पनि दावी नपरेको बताएका छन् ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकी पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले बहुमतको सरकारको दावी नपरेपछि संविधानको धारा ७६ (३) बमोजिम संसदमा ठूलो दलको हैसियतले एमाले अध्यक्ष केपी ओलीले नै प्रधानमन्त्रीमा सफथ दिने तयारी भए पनि आज समय नभएकाले भोलि दिउंसो सफथ हुने भएको छ ।