अक्सिजनजन्य स्वास्थ्य सम्बन्धी महत्वपूर्ण सामाग्री आयातका लागि डलर सटही सुविधाको सीमा नलाग्ने

३० वैशाख, काठमाडौं । अक्सिजनजन्य स्वास्थ्य सम्बन्धी महत्वपूर्ण सामाग्री आयातका लागि डलर सटही सुविधाको सीमा नलाग्ने भएको छ । कोरोना महामारीको त्रास बढ्दै गएको र अक्सिजनको समेत अभाव देखिएको भन्दै नेपाल राष्ट्र बैंकले डलर सटहीमा लाग्ने सीमा हटाइदिएको हो ।

अहिले प्रतितपत्र बिना ड्राफ्ट÷टीटीको माध्यमबाट हुने वस्तु आयातका लागि सटही सुविधा बढीमा एक पटकमा अमेरिकी डलर ३५ हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मका लागि मात्र प्रदान हुने व्यवस्था रहेको छ ।

अक्सिजन सिलिण्डर, अक्सिजन ट्यांकी, अक्सिजन जेनेरेटर लगायत अक्सिजनका अन्य सामाग्रीहरु आयात गर्दा असार मसान्तसम्म उल्लेखित व्यवस्था अनिवार्य नहुने राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले जानकारी दिए ।

यसले अक्सिजन लगायतका जीवन उपयोगी सामाग्री चाडो भन्दा चाडो आयात गर्न सहज हुने उनले बताए ।

‘अक्सिजन सिलिण्डर अभाव भएर मान्छेको ज्वान जाने परिस्थिति सिर्जना हुन लागेको छ, एली खोल्ने लगायतका अन्य प्रक्रियाहरु पुर्याउन यस्तो बेलामा गाह्रो हुन्छ’ डेपुटी गभर्नर मिश्रले भने, ‘यसकारण हामीले सहजताका लागि यो निर्णय गरेका हौं ।’