भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ हजार १२० जनाको मृत्यु

३० वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण ४ हजार १२० जनाको मृत्यु भएको हो ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा थप ३ लाख ६२ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ३७ लाख ३ हजार नाघेको छ भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २ लाख ५८ हजार ३१७ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३७ लाख १० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा ४६ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् भने केरलामा नयाँ संक्रमितको संख्या ४३ हजारभन्दा बढी छ । त्यस्तै कर्नाटकमा पनि करिब ४० हजार नयाँ संक्रमित फेला परेका छन् ।