जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा

३० वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर– राजेन्द्र महतो पक्षले आफ्नो पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा पु¥याएको छ ।

सांसदहरुलाई बैठकका लागि भन्दै भक्तपुरको रिसोर्ट लगिएको हो ।

अध्यक्ष ठाकुर र महतोले बिहीबार विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका थिए । लगत्तै सांसदहरुलाई पार्टी कार्यालयमा बोलाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बहुमतको सरकार गठनका लागि बिहीबार बेलुका ९ बजेसम्मको समय दिएकी थिइन् ।