सुनको मूल्य बढ्यो

२८ वैशाख, काठमाडौँ । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ ।

हिजो ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज तेजाबी सुनको प्रतितोला मूल्य ९१ हजार आठ सय रुपैयाँ छ । हिजो तेजाबी सुनको कारोबार मूल्य ९१ हजार पाँच सय रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।