मातातीर्थ क्षेत्र सुनसान

२८ वैशाख, काठमाडौं । आज मातातीर्थ औंसी, आफूलाई जन्म दिने आमालाई सम्मान गरी मनाइँदै छ ।

यस दिन काठमाडौंको मातातीर्थमा लाग्ने मेला भने कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको छ । त्यसैले विगतमा मानिसहरुको घुइँचो हुने मातातीर्थ क्षेत्र आज सुनसान रहेको छ ।

स्थानीयवासी फाट्टफुट्ट मातातीर्थमा पुगेर आमाको प्रतीमामा पूजा गरेका छन् । आमा नभएकाहरु मातातीर्थ पुगेर त्यहाँको कुण्डमा स्नान गरी पीण्ड दान गर्ने र आमाको प्रतीमामा पूजा गर्दछन् ।