कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप तीन जनाको मृत्यु

२७ वैशाख, काठमामडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज हिजो राति र आज बिहान गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो । उनका अनुसार बर्दियाका दुई जना र बाँकेका एकजनाको मृत्यु भएको हो ।

बर्दियाको गुलरिया नगरपालिका–७ का ४६ वर्षीया महिलाको भेरी अस्पतालमा हिजो राति १० बजे र बासगढी नगरपालिका–८ का ६८ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा हिजो राति ११ः५० बजे मृत्यु भएको हो ।

४६ वर्षीया महिलामा वैशाख २३ गते संक्रमण पुष्टि भएको थियो भने ६८ वर्षीय पुरुषमा वैशाख २२ गते संक्रमण पुष्टि भएको थियो ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का ५१ वर्षीय पुरुषको भेरी अस्पतालमा आज बिहान ७ बजे मृत्यु भएको होे ।