पार्टी फुटेमा म झलनाथ-माधव पक्षमा लाग्ने छु

उपाध्यक्ष, बामदेव गौतम

२७ वैशाख, काठमाडौं । नेकपा एमाले अहिले फुटको अन्तिम संघारमा रहेको छ । गएको फागुुन २३ गते सर्वोच्वको फैसला संगै ब्यूतिएको नेकपा एमाले अहिले दुई धारमा रहंदा पार्टीकै उपाध्यक्ष वामदेव गौतम कुनै समूहमा नलागे पनि उनले यदि पार्टी विभाजित हुने अवस्था आए वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल तिर उभिने निचोड निकालेका छन् । गौतमले आफ्नो सचिवालयलाई नेपाल र खनालले अलग पार्टी बनाए त्यही पार्टीमा लाग्ने प्रष्ट पारेका
हुन् ।

‘यदी उहाँ (खनाल र नेपाल) हरुले चाहे संसद्को ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु,’ गौतमको भनाइ छ । तर अहिलेकै समानान्तर गतिविधिमा भने सामेल नहुने गौतमको भनाइ छ ।

तर अध्यक्ष केपी शर्मा ओलीतिर भने नउभिने पनि गौतमले प्रष्ट पारेका छन् । ‘२ जेठ २०७५ अगाडिकै अवस्थामा एमाले सञ्चालन गर्न अध्यक्ष केपी शर्मा ओली तयार हुनु भएन । त्यसैले म उहाँको साथमा छैन’, गौतमको भनाइ छ ।