सुनको मूल्य ९२ हजार र चाँदीको मूल्य १३ सय ६० रुपैयाँले बढयो

२७ वैशाख, काठमाडौं । छापावाल सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँ पुगेको छ । आज तोलामा दुई सय रुपैयाँले बढेर सुनको मूल्य ९२ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।
हिजो सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको थियो । यस्तै तेजाबी सुनको मूल्य आज ५१ हजार पँच सय रुपैयाँ पुगेको छ ।
यस्तै चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँ पुगेको छ । हिजो चाँदीको खरिद बिक्री मूल्य १३ सय ४५ रुपैयाँ थियो ।