एमाले माधव–झलनाथ निकट सांसदहरुको निर्णय ओलीलाई विश्वासको मत नदिने, संसदमा पनि नजाने

२७ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन् ।
आज दिनको १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा समेत नेता नेपाल पक्षका सांसद अनुपस्थित हुने भएका हुन् ।

नेता भीम रावलका अनुसार आजको प्रतिनिधि सभा बैठकमा उपस्थित नहुने निर्णय भएको छ ।

राजीनामा दिने कि अनुपस्थित हुने भन्नेबारे नेपाल पक्षका सांसदहरू आज सिंहदरबारमा छलफलमा जुटेका थिए । उक्त बैठकले आज प्रतिनिधि सभामा अनुपस्थित हुने निर्णय गरेको हो ।

कति जना सांसद प्रतिनिधि सभा बैठकमा आज अनुपस्थित हुन्छन् भन्नेबारे नेता रावलले खुलाउन चाहेनन् ।