२७ वैशाख, बुटवल । बुटवलमा उपचाररत थप पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत चारजना र लुम्बिनी प्रादेशिक अस्पतालको जनरल आईसीयूमा उपचाररत एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देही,कपिलवस्तु र दाङका एक–एकजना हुन् ।
लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार वैशाख २३ गते लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका तिलोत्तमा–२ का ५६ वर्षीय पुरुषको हिजो राति ९ः ५० बजे मृत्यु भएको हो ।
यस्तै कोरोना विशेष अस्पतालमा बैशाख १७ गते भर्ना भएका कपिलवस्तु बनगाईका ४३ वर्षीय पुरुषको हिजो राति ८ः३० बजे र सोही अस्पतालमा वैशाख १८ गते भर्ना भएका दाङ तुल्सीपुर–५ की ३७ वर्षिया महिलाको हिजो राति १०ः०७ बजे मृत्यु भएको हो ।
यस्तै वैशाख २४ गते भर्ना भएका बुटवल–७ का ४५ वर्षीय पुरुषको आज बिहान ७ः५२ मा र १८ गते भर्ना भएका तिलोत्तमा–१ का ६४ वर्षीय पुरुषको बिहान ८.४२ बजे मृत्यु भएको हो ।