कोरोना संक्रमणबाट गर्भवती महिलाको मृत्यु

२३ बैशाख, विराटनगर । विराटनगरकी एक गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

विराटनगर–५ कोचाखाल निवासी ३७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो ।

आठ महिनाकी गर्भवती महिलालाई स्वास्थ्यमा समस्या भएपछि हिजो अपरान्ह अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेको पाँच घण्टापछि उनको उपचारका क्रममा हिजो साँझ ९ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालका बताए ।