प्रतिनिधिसभाका ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

२३ वैशाख, काठमाडौं । प्रतिनिधिसभाका ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार हिजो पीसीआर परीक्षणका लागि स्वाब दिएका ४ जना सांसद र ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन बोलाइएको छ । अधिवेशन सुरु हुनुअघि सांसदहरुको पीसीआर परीक्षण गरिएको हो ।