कोरोना संक्रमणबाट नारायणी अस्पतालमा थप तीन जनाको मृत्यु

२३ वैशाख, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीमध्ये मध्ये दुई जना रौतहटका एक जना पर्साका हुन् ।

रौतहटको विजयपुरका ४५ वर्षीय पुरुष, फत्तेपुरकी ६० वर्षीया महिला र पर्साको जगरनाथपुरका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नारायणी अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ३७ पुगेको छ ।

मृतकमध्ये २४ जना पर्साका, ६ जना बाराका, ५ जना रौतहटका र २ जना सर्लाहीका छन् ।