निषेधाज्ञाको मौकामा सडक संकेच चिन्ह कोर्ने काम

१९ वैशाख, काठमाडौं । सडक विभागले निषेधाज्ञाको मौका पारेर सडक संकेच चिन्ह कोर्ने काम (रोड मार्किङ) गर्न बाँकी स्थानहरुमा काम थालेको छ । सडकमा आवागमन कम भएकाले विभागले मार्किङ थालेको हो ।

काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपाली यस्तो कामका लागि धेरै संख्यामा मजदुर नलाग्ने भएकाले कोभिड १९विरुद्ध उनीहरुलाई सचेत बनाएर सावधानीसहित काम भइरहेको जानकारी गरे ।

जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएरै मार्किङ थालेका हो कामदारहरुबीच सामाजिक दूरी कायम राखेर काम हुँदैछ ।’
गाडीको चाप घटेका बेला ढुक्कसँग काम गर्न सक्ने भएकाले लकडाउनलाई मौकाका रुपमा सदुपयोग गरिएको बताए ।
सडक विभागले निषेधाज्ञा अघिसम्म काठमाडौंका विभिन्न सडकहरुमा कालोपत्रे थालेको थियो । तर, निषेधाज्ञा लागेपछि काम रोकिएको हो ।