पोखरामा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु

१९ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार होमआइसोलेसनमा बसेका तथा पोखराका विभिन्न अस्पतालमा उपचाररत कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका एक÷एक जना गरी जम्मा ८ जना संक्रमितको मृत्यु भएको हो ।

डा. शर्माका अनुसार पोखरा महानगरपालिका–१६ का ७७ वर्षीय पुरुषको हिजो मृत्यु भएको हो । वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएका उनी होमआइसोलेसनमा बस्दै आएका थिए ।
पोखरा महानगरपालिका–२६ की ५८ वर्षीया महिलाको हिजो मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । उनीमा वैशाख १५ गते संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका–१६ की ७३ वर्षीया महिला र वडा नम्बर–१० की उमेर खुल्न नसकेकी महिलाको शनिबार मेडिप्लस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डा. शर्माले जनाकारी दिए । ७३ वर्षीया महिलामा वैशाख १२ र उमेर खुल्न नसकेकी महिलामा वैशाख १६ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१९ का ५४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा हिजो राति मृत्यु भएको हो । उनीमा वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो ।

पर्वतको कुश्मा नगरपालिका–५ की ७६ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा शनबिार मृत्यु भएको हो । उनीमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

दाङको राप्ती गाउँपालिका–५ का ४३ वर्षीय पुरुषको हिजो बिहान १ः२२ बजे गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो । उनीमा वैशाख १५ गते संक्रमण पुष्टि भएको थियो ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का ७५ वर्षीय पुरुषेको आज १०ः३० बजे मेडिप्लस अस्पताल पोखरामा मृत्यु भएको हो । उनीमा वैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो