कोरोना संक्रमित गर्भवतीको मृत्यु

१७ वैशाख, सुर्खेत । दैलेखमा कोरोना संक्रमित एकजना गर्भवतीको मृत्यु भएको छ । नारायण नगरपालिका–३ की २७ वर्षीया महिलाको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको हो । मृत्युपछि गरिएको परीक्षणमा महिलामा संक्रमण पुष्टि भएको हो ।

१०८ जना सक्रिय संक्रमित रहेको दैलेखमा १० जना अस्पतालमा उपचाररत छन् । ती मध्ये ५ जनाको अक्सिनजनको सहायतामा उपचार भइरहेको छ ।

एकजना चिकित्सकसहित तीन स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि आजदेखि जिल्ला अस्पताल दैलेखको आकस्मिकबाहेकका सेवाहरु बन्दछन् ।