Breaking News

यस्ता समस्या परेका मान्छेले मात्र पाउने भए पास

१६ वैशाख, काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाडौ, भक्तपुर र लतिपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बिज्ञाप्तीबाट आजबाट एक हप्ताका लागि लगाइएको निषेधाज्ञमा आज काठमाण्डौं जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै अत्यावश्यक कामका लागि निस्केकाहरूलाई पास नचाहिने प्रष्टाएको छ ।

यसरी पास नचाहिनेहरुमा अत्यावश्यक बस्तुका सवारी साधन, बैक तथा वित्तीय संस्थाका कर्मचारी, सरकारी र सार्वजनिक संस्थान, विमानस्थल जाने÷आउने यात्रुलाई सवारी पास नचाइने प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै्र मृत्यु संस्कार र अत्यन्त जरूरी कार्यबाहेक कार्यालयबाट पास उपलब्ध नहुने उल्लेख गरेकी छन् ।

अत्यावश्यक काम र पास आवश्यक नपर्नेहरूले कतै अवरोध भएमा १०० र १०३ मा फोन गर्न पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ ।