सीईडीबी हाइड्रोपावर आईपीओ आजदेखि आवेदन खुला

१७ वैशाख, काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आज देखि आवेदन खुला भएको छ । प्रतिकित्ता एक सय अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर आजदेखि आवेदन खुला भएको हो ।

आईपीओको कम्पनीले २ प्रतिशत ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने एक लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने बताए ।

यस कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत् कम्पनी र ०.१८ मेगावटको‚ यागे खोला जलविद्युत् आयोजना गरी दुईवटा हाइड्रोपावर परियोजना सञ्चालनमा छन् । कम्पनीको लगानी रहेको सङ्खुवासभा मकालु गाउँपालिका–२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत् आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ ।

पछिल्लो समय आवेदकहरुको संख्या उच्च हुँदै गएका कारण गोलाप्रथाबाट १० कित्ता मात्रै पनि धेरै कमले मात्रै पाउँछन् । यसर्थ १० कित्ताका लागि आवेदन दिए पनि पर्याप्त हुने देखिन्छ ।