दीपक मनाङ्गे ले मन्त्री पदको सपथ लिए

१६ वैशाख, पोखरा । गण्डकी प्रदेशको बोलाइएको बिशेष अधिवेशन अचानक अन्त्य गर्दैै प्रदेश सरकारले मन्त्रीमण्डल बिस्तार गरेको छ । नयां प्रदेश मन्त्रीमा नियुक्त भएका दीपक मनाङ्गे (राजीव गुरुङ) ले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई आज प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका हुन् ।

उनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । मनाङबाट निर्वाचित सांसद मनाङ्गे स्वतन्त्र सांसद हुन् ।