आज थप ४९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

१६ वैशाख, काठमाडौं । नेपालमा थप ४९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित भेटिएका हुन् ।

कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ ।