नेप्से परिसूचक दोहोरो अंकले घट्यो

१५ वैशाख, काठमाडौं । सेयर कारोबार रकम यस साता निरन्तर घटेको छ । साताको पहिलो दुई दिन सेयर कारोबार मापक नेप्से परिसूचक घटेको थियो । त्यसपछि हिजो बजार उच्च अंकले बढ्यो भने आज बजार घटेको छ । बजारमा निकै ठूलो अंकको घटबढ भइरहे पनि सेयर कारोबार रकम भने निरन्तर घटेको छ ।

आइतबार सेयर कारोबार रकम ७ अर्ब माथि भएकोमा आज सम्म आइपुग्दा ४ अर्ब रुपैयाँ पनि पुगेन । सोमबार ६ अर्ब ५९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो भने हिजो घटेर ५ अर्ब रकम माथि पुग्यो ।
कारोबार रकम घट्ने क्रम चौथो दिन पनि जारी रह्यो । आज ३ अर्ब ९९ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले बताए ।

नेप्से परिसूचक दोहोरो अंकले घट्यो
हिजो उच्च अंकले बढेको नेप्से परिसूचक आज भने कायम रहन सकेन । आज नेप्से परिसूचक १३ दशमलव ७९ अंकले घटेर २ हजार ५ सय ८५ दशमलव २८ अंकमा झरेको छ ।