Breaking News

भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा २२ जनाको मृत्यु

भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा उपचाररत् २२ जनाको मृत्यु भएको छ।

नासिक म्युनिसिपल कर्पोरेशनले चलाएको अस्पतालमा उपचार गराइरहेका २२ जना कोरोना संक्रमितको अक्सिजनको कमीले बुधबार मृत्यु भएको आफन्तहरूले बताएका छन्।

महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले बिरामीहरूलाई अक्सिजन दिइरहेको ट्यांक लिक हुँदा उनीहरूलाई अक्सिजन कमी भएको र उक्त घटनाको अनुसन्धान गर्ने बताएका छन्।

अक्सिजन ट्यांक लिक हुँदा झन्डै आधा घन्टासम्म अस्पतालमा अक्सिजन सप्लाई रोकिएको थियो।

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। कोरोनाबाट सबभन्दा बढी प्रभावित राज्य महाराष्ट्र हो।

एजेन्सी