कपिलवस्तुमा बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्युु २१ जना घाइते

७ वैशाख, कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि–९ मा आज बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्युु भएको छ भने २१ जना घाइते भएका छन् ।
कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीका अनुसार बुटवलबाट कृष्णनगर जाँदै गरेको लु१ख ५६८४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ३०१२ नम्बरको ट्रक बिहान १०ः५० बजेको समयमा आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा बसका चालक वाणगंगा नगरपालिका–१ का २९ वर्षीय कृष्णबहादुर कुँवरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रकका चालकसहित २५ जना घाइते भएकोमा पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।