नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडांडामा सुरु

७ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केही बेरअघि मात्र सुरु भएको हो ।

बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल हुने नेताहरुले बताएका छन् ।