ओलीविरूद्ध गठबन्धन बनाउन वीरबलको खिचडी पकाएकोजस्तै भएको छ

अध्यक्ष ’प्रचण्ड’

८ बैशाख, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष ’प्रचण्ड’ ले हिजो पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने वातावरण बन्न लागेको बताएका छन् ।

प्रचण्डले ओलीविरूद्ध गठबन्धन बनाउनु वीरबलले खिचडी पकाएकोजस्तै भएको उल्लेख गर्दै अहिले वीरबलको त्यो खिचडी पाक्ने दिशामा गएको बताएका हुन् ।

अब वीरबलको खिचडी पाक्ने दिशामा गएको छ । संसद अधिवेशन अन्त्य गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाजी पनि कडा रूपमा प्रस्तुत हुनुभएको छ । सरकार बनाउन कांग्रेस तयार भएपछि जसपा पनि तयार हुने वातावरण बन्छ । अध्यक्ष चण्डले कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा देखिएका पछिल्ला राजनीतिक घटनाक्रमले पनि ओलीविरूद्ध माहौल बनेको उल्लेख गरेका थिए ।

आफूहरूको रणनीति ओलीलाई दिएको समर्थन फिर्ता लिनेभन्दा पनि ओली सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने भएको प्रचण्डको भनाइ थियो ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउंसो १ बजे पुन बस्दैछ ।