नेपालले दोस्रो विकेट गुमाउदै कप्तान ज्ञानेन्द्र मल्ल आउट

७ वैशाख, काठमाडौं । त्रिकोणात्मक सिरिजमा नेदरल्याण्डस विरुद्ध व्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट पनि गुमाएको
छ । दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ल २० रन बनाएर आउट भएका हुन् ।

यसअघि ओपनर आशिफ सेख शून्य रनमा आउट भएका थिए । अर्का ओपनर कुशल भुर्तेल ३७ रन बनाएर क्रिजमा छन् ।