कुखुरा मासुको मूल्य अत्यधिक बढयो

पछिल्लो समय कुखुरा मासुको मूल्य अत्यधिक बढेको छ । बजारमा कुखुरा अभावका कारण मूल्य बढेको व्यवसायीहरू बताउँछन् ।
देशमा बर्डफ्लु देखिएको र कुखुरा नष्ट गरिएकाले अभाव भएको उनीहरूको भनाइ छ । एकातिर कुखुरा अभाव, अर्कातिर मासुको माग बढेपछि मूल्य बढ्दै गएको बताए । उनका अनुसार विगत २–३ दिनदेखि बजारमा कुखुराको मासु प्रतिकिलो चार सय १३ रूपैयाँ पुगेको छ । कुखुरा मासु यति धेरै महँगो पहिलो पटक भएको हो ।

व्यवसायीहरूले भनेझैं बर्डफ्लुकै कारण कुखुरा महँगिएको हो त? बर्डफ्लुले कति कुखुरा मरे? हामीले यसबारे पशुसेवा विभागका सूचना अधिकारी चन्द्र ढकालसँग सोध्यौं ।
ढकालले भने मासुको भाउ यति धेरै बढ्ने गरी बर्डफ्लु व्यापक नफैलिएको बताए । उनका अनुसार हालसम्म काठमाडौंको तारकेश्वर, ललितपुर, जाजरकोट र सुर्खेतमा मात्र बर्डफ्लु देखिएको छ ।