रोएल च्यालेन्जर्स बेंगलोरको लगातार दोस्रो जित

२ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १४औं संस्करणमा रोएल च्यालेन्जर्स बेंगलोरको लगातार दोस्रो जित ।

चेन्नाइमा भएको खेलमा बेंगलोरले सनराइजर्स हैदरवालाई ६ रनले पराजित गरेको हो । बेंगलोरले दिएको १५० रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनाएको थियो ।

हैदरावादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ५४ रन बनाए । यस्तै मनिस पाण्डेले ३८, रसिद खानले १७ र जोनी बेयर्स्टोवले १२ रन जोडे ।

बेंगलोरका लागि बलिङमा शहबाज अहेमदले ३ विकेट लिए । त्यसका लागि उनले २ ओभरमा मात्र बलिङ गर्दै जम्मा ७ रन खर्चिए । उनले १७औं ओभरमा सबै ३ विकेट लिएका थिए । यस्तै मोहम्मद सिराज र हर्शल पटेलले समान २ विकेट
लिए ।

त्यसअघि चेन्नाईमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले ग्लेन म्याक्सेवलको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । म्याक्सवेलले सर्वाधिक ५९ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ३३ रन
जोडे ।

हैदरावादका ज्यासन होल्डरले ३ र रसिद खानले २ विकेट लिए । यस्तै भुवनेश्वर कुमार, टी नटराजन र शहबमज नदिमले समान १ विकेट लिए ।

लगातार दुई खेल जित्दै ४ अंक जोडेको बेंगलोरले अंकतालिकाको शीर्ष स्थानमा छ ।