चिनले उपलब्ध गराएको कोरोनाबिरुद्धको खोप आजबाट ककसले लगाउन पाउंछन्

२५ चैत, काठमाण्डौ । चीनले अनुदान स्वरुप दिएको कोरोनाभाइरसविरूद्धको खोप आजदेखि लगाउन थालिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका अनुसार काठमाडौंका विभिन्न अस्पतालहरूबाट खोप लगाइनेछ ।

यो खोप चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी÷व्यक्ति, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारीलगायत व्यापारी, प्राध्यापकहरूलगायतलाई लगाइने मन्त्रालयले जनाएको छ ।

यसअघि चीनमै उत्पादित खोपको ८ लाख डोज चीनले नेपाललाई अनुदानमा दिएको थियो ।

नेपालमा कोरोनाविरूद्ध प्रयोग हुन लागेको यो दोस्रो खोप हो । यसअघि बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिन नेपालमा प्रयोग गरिँदै आएको थियो ।