भारतबाट आएको कोरोना संक्रिमतको महाकाली अस्पतालमा उपचाररत मृत्यु

२५ चैत, काठमाण्डौ । सुदूरपश्चिममा थप एक संक्रमितको मृत्यु भएको छ ।

कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत् भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय संक्रमित पुरुषको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिएका छन् ।

दोस्रो चरणको संक्रमण फैलिएपछि सुदूरपश्चिममा पहिलो पटक संक्रमितको मृत्यु भएको हो ।

अस्पतालका अनुसार ती पुरुष चैत २२ गते भारतको गुजरातबाट नेपाल आइपुगेका थिए । परीक्षणमा संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

सुदूरपश्चिम प्रदेशमा गत चैत २१ गते कोरोना भाइरसको नयाँ प्रकार (भेरियन्ट) को संक्रमण पुष्टि भएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक÷एक जनामा संक्रमण पुष्टि भएको थियो ।