डिडिसी लगायत अन्य दुध कम्पनीहरुले दुध नलिदन दुध मलखातमा पोख्नुको विकल्प छैन

कदर समाचार
२२ चैत, काठमाण्डौ । कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्नका लागि सरकारले लकडाउन गरे पछि डिडिसी तथा प्राइभेट उद्योग क्षेत्रले दूध नलिएपछि किसान मारमा परेका छन् । दूध नबिकेर गाई, भैंसीलाई नै खुवाउनु परेको दूग्ध उत्पादक सहकारी संघले जनाएको छ । ठूला प्राइभेक्ट सेक्टर दूध उठाउन आउँदैनन् । दूध नदोहुँ भने पशु बिग्रने, दोहुँ भने नबिक्ने, किसानको गुनासो रहेको छ । सहकारीले किसानका लागि क्रिम काट्ने मेसिन राखिदिएका छन्, क्रिम काटेर दूध गाई भैंसीलाई नै खुवाउँछौँ । सहकारीबाट दैनिक ५०, ६० हजार लिटर दूध उत्पादन हुन्छ । सो परिमाणमध्ये १५ प्रतिशत पनि दूध बिक्री नभएको छ ।
प्रत्येक किसानले बैंकबाट ऋण निकालेर कारोबार गरेको हुनाले राज्यले उक्त ऋण मिनाहा गरिदिनुपर्ने किसानहरुको माग रहेको छ । सरकारले दूध क्षेत्रको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न नेपालमा रहेका ठूला पाउडर प्लान्टलाई चलाउन सघाउनु पर्ने किसानको तर्क छ ।
विराटनगर, चितवन र सुजल ठूला पाउडर प्लान्ट हुन् । अहिले त्यहाँ काम गर्ने कर्मचारी छैनन् । सरकारले कर्मचारीलाई खाने, बस्ने तथा सुरक्षाको व्यवस्था गरेर प्लान्ट चलाए किसानले दूध फ्याँक्नु पर्दैन थियो । अहिले भएका दूध फ्याँकिन्छ पछि पाउडर दूध पनि हुँदैन त्यपछि ठूलो मात्रामा पाउडर दूध आयात गर्नुपर्ने अवस्था आउँछ । सरकारले लकडाउन गरेपछि दूध नबिकेको दूग्ध उत्पादक सहकारी संघहरु बताउँछन् ।
महँगो दाना चोकर खुवाउनुपर्ने त्यसमाथि दूध नबिक्दा किसान घाटामा परेका छन् । राज्यले लकडाउन अवधिमा किसानको नोक्सान भएको दूधको क्षतिपूर्ति दिन सके केही राहत दिनुपर्ने हुन्छ ।
काठमाडौंमा दूध खाने मान्छे सबै गाउँ गएपछि काठमाडौंमा दूध बिक्री नभएको अनुमान समेत लगाउन सकिन्छ । दूधको माग सबैभन्दा बढी काठमाडौंमै हुन्थ्यो । काठमाडौंमा मान्छे नभएपछि दूध कम बिक्री भएको हो । काभ्रेमा करिब ५ लाख लिटर दूध उत्पादन हुन्छ । त्यसमध्ये साढे २ लाख लिटर काठमाडौं जान्छ भने बाँकी काभ्रे बजारमा बिक्री हुन्छ । अहिले ३० हजार लिटर दूध मात्रै काठमाडौं गएको छ ।
अहिले दुध नबिकेकाले दुध नहुनेका घरमा दिन्छौं, बाँकी मलमै हाल्नुपर्छ । काभ्रेमा स्थानीय निकायले दूध संकलन गर्न आचार संहिता बनाएको छ । त्यसैको आधारमा दूध संकलन हुने गरेको छ । लकडाउन पछि ट्याङ्करबाट दूध संकलन कार्य नभएको रूपन्देही जिल्लाका दूग्ध सहकारी संघले जनाएको छ । जिल्लामा ५५ देखि ५८ लिटर दूध उत्पान हुन्छ । जसमध्ये स्थानीयस्तरमा ३५ प्रतिशत खपत हुन्थ्यो भने बाँकी बाहिर जिल्लामा जाने गर्दछ ।
‘डिडिसी तथा प्राइभेट डेरीले दूध नउठाएपछि दूध बिक्री भएको छैन । नेपाल डेरी एसोसिएसन संघका अध्यक्ष राधाकृष्ण साप्कोटा आफूहरूले किसानको दूध उठाउन नसकेको स्वीकार्छन् । पहिलाकै दूध स्टक भएकाले नयाँ दूध उठाउन नसकेको उनले बताए ।
हामीले नचाहेर दूध नउठाएको होइन, हाम्रो पनि समस्या छ । पहिलेको तुलनामा ३० प्रतिशत दूध पनि खपत हुँदैन । सबैभन्दा बढी दूध खपत हुने होटल, रेष्टुरेन्ट, कलेज तथा स्कुल बन्द भएपछि दूध बेच्न गाह्रो भएको उनले गुनासो गरे ।
काभ्रे, चितवन, धादिङ, नवलपरासी, मकवानपुर, रूपन्देही, कपिलवस्तु तथा सिन्धुलीमा ठूलो परिमाणमा दूध उत्पादन
हुन्छ । दूध खपत कम हुँदै गएपछि आंशिक मात्रै दूध संकलन गर्न थालिएको डिडिसिका योजना तथा बजार व्यवस्थापन प्रमुख सञ्जिभ झाले बताए ।
डिडिसीले दूध संकलकन गरेर प्रोक्डक्ट बनाएर बजारमा पठाउने, धूलो दूध बनाउने तथा निजी क्षेत्रलाई दिँदै आएको
छ । आजभोलि प्रोक्डक्ट बिकेको छैन, निजी क्षेत्रले पनि लिएका छैनन्। त्यसैले दूध संकलनमा कमी आएको हो । टाढा ढुवानी गर्न गाह्रो भएको छ, कर्मचारी परिचालन गर्न सकिएको छैन ।