नेकपा एमालेको झलनाथ–माधव समूहका ११ जना सदस्यले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि दक्षिणपन्थी विसर्जनवादी भएको आरोप

२ चैत, काठमारडौ । नेकपा एमालेको झलनाथ–माधव समूहका ११ जना सदस्यले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि दक्षिणपन्थी विसर्जनवादी भएको आरोप लगाएका छन् ।

केपी ओली पार्टी विधान विपरीतका अराजक, स्वेच्छाचारी, विसर्जनवादी र विघटनकारी क्रियाकलाप नै पार्टी एकता तथा कम्युनिष्ट आन्दोलनका सामु समस्याका रुपमा उपस्थित भएका छन्। हामी त्यस्ता समस्या निराकरण गर्दै पार्टीलाई विसर्जन र विघटनबाट बचाउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ’निर्वाचनको मोर्चाबाट समेत कम्युनिष्ट पार्टीलाई विजयी बनाई राष्ट्रिय हित, स्वाधीनता र अखण्डता तथा स्वाभिमानलाई सुदृढ तुल्याउँदै जनताको समृद्धि हासिल गर्न चाहन्छौं । यसका लागि पुनर्जीवित पार्टीलाई क्रान्तिकारी रूपमा पुनर्गठन गर्ने अभिभारा हाम्रो काँधमा आएको छ । अतः सम्पूर्ण पार्टी सदस्य र समर्थकहरूले केपी ओलीको राज्यसत्ता संरक्षित दक्षिणपन्थ र विसर्जनवादविरुद्ध दृढताका साथ संघर्ष गर्दै अघि बढ्नु अपरिहार्य भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को सिद्धान्त, नीति र विधि हाम्रो पक्षमा छ र हामी केपी ओली गुटका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कृत्यहरुलाई पराजित गरी छाड्नेछौं भन्दै उनीहरूले थप भनेका छन्, ’पार्टीको लोकतान्त्रिक र क्रान्तिकारी चरित्रलाई पुनःस्थापित गरी मुलुकको अग्रगामी परिवर्तनलाई सुदृढ र वामपन्थी शक्तिलाई एकतावद्ध बनाउँदै नेकपा (एमाले) लाई एकताबद्ध र सशक्त किसिमले अघि बढाउन सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूमा आह्वान गर्छौं ।

नेकपा एमालेको स्थायी कमिटीमा २ आमन्त्रित र १ पदेन गरी २५ जना छन् ।

बिज्ञाप्ती यस प्रकार छ :

Joint Statement