सडक निर्माणमा प्राविधिक त्रुटि नर्गन प्रधानमन्त्रीको निर्देशन

१ चैत, काठमाडौं । प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री केपी शर्मा ओलीले सडक निर्माणमा प्राविधिक त्रुटि नर्गन निर्देशन दिएका छन्।

जनताको जीवन रक्षा महत्वपूर्ण भएको सवारी साधन र यात्रुहरुको सुरक्षाको प्रत्याभूति हुनेगरी सडक निर्माण गनुपर्ने उनले निर्देशन दिए का छन् । उनले दुर्गम ठाउँहरुमा पनि सुरक्षित पक्की सडक बन्नुपर्ने र अब निर्माण हुने सडकहरु कच्चा र असुरक्षित हुनु नहुने तर्फ ध्यानाकर्षण गराए छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले,‘दुर्गम क्षेत्रहरुलाई पनि पक्की बाटाहरु, पक्की भन्नाले कालोपत्रे मात्र होइन । त्यसको किनारमा पक्की हुनुपर्छ । त्यसको भित्तातिर पक्की हुनुपर्छ । पहिरोबाट सुरक्षित हुनुपर्छ । किनारबाट गाडी नखसोस् । अब बन्ने सडकहरु कच्चा अथवा वा असुरक्षित सडकहरु हुनुहुँदैन । सडक राम्रा, फराकिला, पक्की सडक र सुरक्षित सडक हुनुपर्दछ । यो चाहे स्थानीय तहले, प्रदेशले अथवा संघीय सरकारले जहाँसुकैबाट निर्माण भए यी पक्षहरुमा ध्यान दिनुपर्दछ । दुर्घटनाका कतिपय प्राविधिक कारणहरु हुन्छन् । सडक निर्माणमा प्राविधिक त्रुटि रह्यो भने बढी दुर्घटना हुन्छ । त्यसकारण हाम्रा अहिलेसम्मका आफ्ना राष्ट्रिय अनुभवहरु र अन्तर्राष्ट्रिय अनुभवलाई पनि लिएर हामीले दुर्घटनाका सम्भावना हुने खालका प्राविधिक त्रुटिपनि हुन नपाउन् ।
बाटो भत्किने, बिग्रिने, पहिरो जाने त्यस्तो भइनरहने खालको बाटो निर्माण हुनु पर्ने उनले बताए । उनले भने, ‘बाटामाथि हेर्दा कालोपत्रे छ तर राम्रो सुरक्षित छैन । बाटो आफैं सुरक्षित छैन भने ति बाटाहरु दुर्घटनाका कारक हुन्छन् । मैले जोड दिइरहेको छु पटक पटक भनेको छु । जनताको ज्यानको रक्षा, जनताको जीवन रक्षा हाम्रा निम्ति सबैभन्दा बढी महत्वपूर्ण छ । जनताको जीवन सुरक्षित र सुखी होस् । त्यसका निम्ति हामी हाम्रा सम्पूर्ण प्रयासहरु केन्द्रीत गरिरहेका छौं ।’

प्रधानमन्त्री ओलीले पक्की सडक भएको ठाउँमा पनि स्तरोन्नति तथा सुधारको काम गर्नुपर्ने बताए । सडक दुर्घटनालाई रोक्न ट्राफिक अनुशासनको कार्यान्वयन तथा अनुगमन गर्नुपर्ने उनको बताए । पक्की सडक निर्माणमा कालोपत्रे गरेर मात्रै नहुने भन्दै उनले कस्तो स्तरको सडक बन्दै छ त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए । उनले सरकारले सडक निर्माणको कामलाई तीव्रता दिएको पनि बताए ।