बम विस्फोटमा गम्भीर घाइते भएका एकजनालाई उपचारका लागि काठमाडौं पठाउने तयारी

१ चैत, जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएकोे बम विस्फोटमा गम्भीर घाइते भएका एकजनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।

आज दिउँसो सिरहाको लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा भएको विस्फोटमा ६ जना घाइते भएका छन् । उनीहरुमध्ये धनगढीमाई नगरपालिका–१३ का दिनेशकुमार भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं पठाउने तयारी भएको प्रहरीले जानकारी गराएको छ ।