ओलीको एकल निर्णय : एमाले केन्द्रीय कमिटी बिघठन गर्दै दशौं महाधिवेन आउंदो मंसिर गर्ने निर्णय

२८ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीे नेकपा (एमाले) को नवौं महाधिवेशनको केन्द्रीय कमिटी भत्काएर दशौं महाधिवेशन आगामी २०६८ साल मंसिरमा गर्ने निर्णय गरेका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षिय नेताहरूसँग आज बालुवाटारमा छलफल गरेर महाधिवेशनको मिति तय गरेका छन् ।

२०७८ मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको बालुवाटार स्रोतले बताएको छ ।

माधव नेपाल तथा झलनाथ खनाललगायत नेताहरूलाई जानकारी नै नदिई उक्त निर्णय भएको स्रोतको दाबी छ ।