Breaking News

साढे २ किलो युरेनियमसहित चारजना पक्राउ

२८ फागुन, काठमाडौं । साढे २ किलो युरेनियमसहित चारजना पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आज शुक्रबार पत्रकार सम्मेलन गरी बौद्ध क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।

एआईजी हरिबहादुर पालका अनुसार नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना हो ।

बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको उनले जानकारी दिए ।

उनीहरुलाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने प्रहरीले बताएको छ ।