हामीलाई नेकपाको आधिकारिक मान्यता दिन किन ढिलाई गरेको भन्दै प्रचण्ड-माधव समूहको निर्वाचन आयोगलाई चिठि सहित प्रश्न

२१ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल नेतृत्वले लिखित रूपमै निर्वाचन आयोगलाई आफूलाई मान्यता दिन किन ढिलाइ गरेको भन्दै प्रश्न गरेको छ ।

उक्त समूहका नेताहरू आज शुक्रबार दिउंसो निर्वाचन आयोग कार्यालय कान्तिपथमा पुगेर बहुमतबाट सबै प्रक्रिया पूरा गर्दा पनि निर्वाचन आयोगले मान्यता नदिएकोमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनीहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेका थिए ।

जवाफमा थपलियाले यस विषयमा आयोगले आइतबारदेखि छलफल थाल्ने बताएको प्रचण्ड–नेपाल समूहका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत हटाएर नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ । तर निर्वाचन आयोगले उक्त समूहको यो निर्णयलाई मान्यता दिएको छैन ।

यसअघि बिहीबार केपी शर्मा ओली समूहका सांसद महेश बस्नेतले निर्वाचन आयोगमा पुगेर सांसदहरू पार्टी एकताको पक्षमा रहेको बताएका थिए ।