नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई चुन्यो

२१ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई चुनेको छ ।

आज शुक्रबार सिंहदरबारमा बसेको उक्त समूहको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चुनेको
हो । उक्त समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको थियो ।

आजको बैठक जेष्ठ सदस्यका हैसियतमा बरिष्ठ नेता झलनाथ खनालले सञ्चालन गरेका थिए ।

बैठकमा बोल्दै प्रचण्डले आजको बैठकले संसदीय दलमा आफूहरूसंग स्पष्ट बहुमत रहेको बताए । उनले केही साथीहरू बिरामी र अन्य कामले बैठकमा आउन नसकेको बताए ।

’ओलीसंग गणपूरक संख्या पनि पुग्दैन,’ प्रचण्डले भने,’यसले वैधानिकता पाओस् भनेर हामीले कानुन व्यवसायीहरूसंग पनि छलफल गरेका छौं ।